Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

हेर्दा नै लोभलाग्दो बनेपा–बर्दिवास सडक (फोटोफिचर)

काठमाडौं– विपी कोइराला हाइवे अर्थात बनेपा बर्दिवास सडकखण्ड पूर्वी नेपाललाई काठमाडौँसँग जोड्नका लागि तयार पारिएको हो । काठमाडौँ उपत्यकालाई पूर्वी तराईसँग जोड्ने यो सबैभन्दा छोटो सडक हो । सन् १९९६ मै यो सडकको निमार्ण सुरु भएको थियो । तर, जनशक्ति सामाग्री र बजेट अभावका कारण निमार्ण सुरु भएको १९ वर्षपछि मात्रै यो परियोजना पुरा भयो ।banepa-bardibas road (1)
नेपाल सरकारलाई हस्तान्तरण गरियो । जापान सरकारको सहयोगमा यो परियोजना सुरु गरिएको थियो । निमार्ण कार्य पुरा भएपछि नेपालका लागि जापानका राजदूत मसासही ओगावाले तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालालाई यो सडक हस्तान्तरण गरे । २१ दशमलव ५ विलियन नेपाली रुपैयाँ यो परियोजना पुरा हुदाँसम्म खर्च भएको थियो ।
यस परियोजनाको निमार्णका क्रममा पहिरो नियन्त्रणका लागि सटक्रेट, माटोलाई विभिन्न भूभागमा स्थिर बनाउन जियोटेक लगायतका अत्याधुनिक प्रविधिको प्रयोग गरिएको थियो । नेपालमा कुनै पनि सडकखण्ड बनाउने क्रममा यस्तो अत्याधुनिक प्रविधि प्रयोग गरिएको यो नै पहिलो थियो । धुलिखेलबाट बर्दिवाससम्मको यस सडकखण्डको दूरी केवल १ सय ५८ किलोमिटर रहेको छ । जसका कारण पूर्वी नेपालका लागि यो सडक गतिलो विकल्पका रुपमा प्रयोग हुदैँ आएको छ ।
सन् १९५८ मा तत्कालिन प्रधानमन्त्री विपी कोइरालाले यो सडकखण्डलाई योजनाको रुप दिएका थिए । तर, दुई वर्षपछि तत्कालिन राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेपछि विपीले अगाडि सारेको योजनाले मूर्त रुप लिन सकेको थिएन् । ३७ वर्षपछि जापानी सहयोगमा यो परियोजना सरकारले अगाडि बढाएको थियो ।
banepa-bardibas road (4)banepa-bardibas road (8)banepa-bardibas road (3)banepa-bardibas road (24)banepa-bardibas road (25)banepa-bardibas road (23)banepa-bardibas road (22)banepa-bardibas road (21)banepa-bardibas road (12)banepa-bardibas road (13)banepa-bardibas road (14)banepa-bardibas road (5)banepa-bardibas road (6)banepa-bardibas road (7)banepa-bardibas road (15)banepa-bardibas road (16)banepa-bardibas road (17)banepa-bardibas road (18)banepa-bardibas road (19)banepa-bardibas road (9)banepa-bardibas road (10)banepa-bardibas road (11)banepa-bardibas road (20)banepa-bardibas road (2)
(फोटो : अशोक दुलाल)
Ą
https://www.flickr.com/photos/spklg/15211044551/