Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतमा जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला

मंसिर १७, २०७२- बाँकेको सीमासँग जोडिएको भारतीय बजार रुपैडिहामा भारतीय नगारिकले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । बुधबार नेपाल प्रहरीले नेपालमा रहेका भारतीयमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै उनीहरुले ओली सहित बाँकेका सुरक्षाकर्मीहरुको पुत्ला जलाएका हुन् ।

दशगजासँगै जोडिएको रुपैडिहा बजारका व्यापारी तथा नेपालमा आन्दोलन गररिरहेका मधेसी मोर्चाका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । उनीहले बुधबार आन्दोलनकारी र प्रहरीबीच झडपभएपछि नेपाल प्रहरीले भारतीय नागरिकलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
पुत्ला दहनसँगै उनीहरुले शुक्रबार र शनिबार रुपैडिहा बजार बन्द गर्ने घोषणा गरेका छन् । भारतीयहरुले रुपैडिहा नाकाबाट हुने आयत र निर्यात समेत ठप्प पार्ने चेतावनी दिएको छ ।
करिव ३ सयको हाराहारीमा भेला भएका भारतीयहरुले ओली विरुद्ध नारावाजी समेत गरेका छन् । उनीहरुले भारतीय प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) कै अगाडि पुत्ला जलाउनुका साथै नारावाजी गरेका थिए ।
अहिले नेपालपट्टी सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/