Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गृहमन्त्री बस्नेत झापा, मोरङ र सुनसरीका सुरक्षा प्रमुखसँग छलफलमा

गृहमन्त्री शक्तिबहादुर बस्नेत पूर्वी तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीका सुरक्षा प्रमुखसँग पूर्वको सुरक्षा स्थितिबारे सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको ब्यारेकमा छलफल गरिरहेका छन्।
 
मन्त्री बस्नेतसँग आज बिहानीबाट छलफल सुरू भएको पूर्वका एक सुरक्षा अधिकारीले बताए। छलफलमा तीनै जिल्लाका सिडिओ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुको सहभागिता छ।झापा, मोरङ र सुनसरी अहिले प्रस्तावित एक नम्बर प्रदेशमै रहने कि केहि भाग फुटाएर दुई नम्बर प्रदेशमा लैजाने भन्नेमा प्रमुख पार्टी र मधेस केन्द्रीत पार्टी बीच मतभेद छ।
 
मधेसवादी पार्टीहरुले सकेसम्म झापा, मोरङ र सुनसरी तीनै जिल्लालाई दुई नम्बर प्रदेशमा नसके मोरङ र सुनसरीका केहि क्षेत्रलाई  प्रदेश नम्बर दुईमा राख्नु पर्ने जोड दिएका छन्। यी तीनै जिल्लाका स्थनीयले सो कुराको बिरोध गरेका छन्। मधेसी मोर्चा सम्बद्द नेता कार्यकर्ता नै यी तीन जिल्लालाई टुक्र्याउने मागको विपक्षमा छन्। उनीहरु कि त यी जिल्ला सिङ्गै दुई नम्बर प्रदेशमा रहनु पर्ने वा यी तीन जिल्लाको छुट्टै प्रदेश बन्नुपर्ने पक्षमा छन्।
 
यही विवादका बीच यी तीन जिल्लामा पनि तनाव बढदो छ। केहि दिनअघि मधेसी मोर्चाले इटहरीमा गर्ने भनिएको कार्यक्रममा स्थानीय र प्रमुख पार्टीका कार्यकर्ताले अवरोध गरि मञ्च जलाइदिएका थिए। 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/