Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

राष्ट्रसंघले नेपालको पारवहन अधिकार बारे बोल्यो

भारतको नेपालमाथि जारी नाकाबन्दीको सन्दर्भमा राष्ट्र संघले पहिलो पटक बोलेको छ। नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्रतापूर्वक पारवहन अधिकार उपभोग गर्न पाउनुपर्ने तथा मानवीय कारणले पनि यो अधिकारको हनन् हुन नहुने राष्ट्रसंघ महासचिव वानका कि मुनका प्रवक्ताले न्यूयोर्कमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्।
सबै पक्षलाई सीमामा जारी अवरोध हटाउन वानले आग्रह गरेको उनका प्रवक्ता स्टेफेन डिजोरिकले जनाएका छन्।
नेपाल-भारत सीमामा अत्यावश्यक वस्तुहरुको ओसारपसारमा देखिएको अवरोधबारे महासचिव वानको गम्भीर चासो रहेको पनि डिजोरिकले पत्रकारहरुलाई बताए।
इन्धनको अभावले भुकम्पले प्रभावित गाउँहरुमा राहत लैजान अप्ठ्यारो भएको पनि वानका प्रवक्ताले जनाएका छन्।
भारतले नेपालको पारवाहन अधिकार कुण्ठित गरेर इन्धन तथा अन्य सामाग्री आयातमा सीमामा लगाएको नाकवन्धि पछि कुनै तेस्रो मुलुक वा राष्ट्रसंघ बोलेको यो पहिलो पटक हो।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/