Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेसी मोर्चाआवद्ध सांसदहरुको नाराबाजी पछि भाेलि ३ बजे सम्मका लागि संसद स्थगित

कार्तिक २२, २०७२- मधेसी मोर्चा आवद्ध सांसदहरुले संसदमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका पछि साेमबार ३ बजे सम्मका लागि संसद स्थगित भएकाे छ । मोर्चा आवद्ध समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले वार्ता सकारात्मक हुने क्रममा रहेको बेला सरकारले आन्दोलनमा बल प्रयोग गर्ने गरेको भनी मन्तव्य राखेलगत्तै मोर्चा आवद्ध सांसदहरुले बैठकमा नाराबाजी सुरु गरेका थिए ।

संविधानको विरोधमा संसद बहिष्कार गरेका मोर्चा आवद्ध सांसदहरु आजको बैठकमा सहभागी भएका थिए । उनीहरुले सदनको कारबाही रोकी आन्दोलनकारीको माग पूरा गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई(मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तराई-मधेस सद्भावना पार्टीका ३५ सांसद छन् ।
सभामुख ओनसरी घर्तीले नाराबाजी गरिरहेका सांसदहरुले वार्ता र संवादको माध्यमबाट माग पूरा हुने भन्दै नाराबाजी रोक्न आग्रह गरिरहेकी छन् ।
As published on: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/