Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बार्यन, बार्सिलोना र चेल्सी विजयी

च्याम्पियन्स लिग
कार्तिक १९, २०७२- युरोपियन च्याम्पियन्स लिगमा गत राति तीन ठूला क्लबले जित हात पारेका छन् । दुई साताअघि आर्सनलसँग २–० ले पराजित भएको जर्मन जायन्ट बार्यन म्युनिखले गत राति आर्सनललाई ५–१ ले हराएर बदला लियो ।
प्रिमियर लिगमा पछि परिरहेको भए पनि चेल्सीले च्याम्पियन्स लिगमा गत राति डाइनामो किभलाई २–१ ले पराजित गर्‍यो ।
स्पेनिस च्याम्पियन बार्सिलोनाले बाटे बारिसोभमाथि जित हात पार्‍यो । बार्सिलोनाका लागि नेयमरले दुई र लुइस स्वारेजले एक गोल गरे ।
इटालियन क्लब रोमा र पोर्चुगिज पोर्तोले पनि जित हात पारे ।

लेवेन्ड्वस्की, मुलर, रोबेनजस्ता स्टार खेलाडीले गोल गरेपछि पेप ग्वार्डिवालाको बार्यनले इंगलिस टिम आर्सनललाई सजिलै पन्छायो । उता अर्को इंगलिस टिम चेल्सीले भने जित हात पार्‍यो । 

News From: Kantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/