Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एमाओवादीलाई राष्ट्रपति–प्रधानमन्त्री चाहिंदैन: दाहाल

आश्विन १७, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति बाँडफाटमा आफ्नो पार्टीको कुनै दाबी नरहने बताएका छन् ।

काठमाडौंमा आइतबार भएको अन्तर्क्रियामा दाहालले आफ्नो ध्यान संविधान कार्यान्वयनतिर रहेको बताए । ‘एमाओवादीलाई राष्ट्रपति चाहिएन, प्रधानमन्त्री चाहिएन,’ उनले भने, ‘संविधान संशोधन/परिमार्जन हुँदै जाओस्, सबै उत्पीडितका अधिकार स्थापित हुन् ।’
दाहालले संविधान निर्माणमा एक भएका तीन दल फुटाउने षड्यन्त्र भएको बताउँदै संविधान कार्यान्वयन नभएसम्म एक ठाउँमा रहनुपर्ने बताए । उनले तीन दल एक ठाउँमा नभए कानुन बनाउन नै सम्भव नभएको उल्लेख गरे ।
‘संविधान त बनायौं, संस्कार बनाउनेबेला देखाइदिन्छौं भनेका छन्,’ सरकार निर्माणमा तीन दल छिन्नभिन्न भएको संकेत गर्दै उनले भने, ‘कमसेकम स्थानीय, प्रादेशिक, संघीय संरचना नबनेसम्म राष्ट्रिय सहमतिको खाँचो छ ।’
दाहालले ठूलाठूला सहमति गरेका दल प्रधानमन्त्री र मन्त्रीका नाममा विभाजित भएकोमा उनले दु:ख व्यक्त गरे । ‘अरुबेला ठूलठूला सहमति गर्न पनि तयार हुन्छौं,’ उनले भने, ‘तर जब ४० नम्बर धारा आयो भने महादेवको तीन नेत्र बलेजस्तै हामी सबैका अर्कै इन्द्रियले काम गर्छ । विवेकको इन्द्रिय हराउँछ, स्वार्थको इन्द्रियले काम गर्छ ।’
दाहालले संविधान निर्माणमा भूमिका खेलका विजयकुमार गच्छदारलाई पनि राष्ट्रिय सहमतिमा ल्याउनुपर्ने बताए । उनले मधेसीसहितका आन्दोलनरत दलको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/