Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

राजसंस्थालाई ‘स्पेस’ नदिने संविधान आउने भएपछि पूर्व राजाले चित्त दुखाए

Gyanendraकाठमाडौं– तराई–मधेश हुँदै विभिन्न जाती र समुदायको असन्तुष्टिवीच प्रमुख तीन दलले संविधान निर्माणमा निर्णायक कदम चालेपछि पूर्व राजा ज्ञानेन्द्र शाह निकै दु ः खी भएका छन् । राष्ट्रवादी शक्तिहरुलाई पाखा लगाएर ल्याउन थालेको संविधानले देशमा गृहयुद्ध निम्ताउन सक्ने पूर्वराजाले आकलन गरेका छन् ।

संविधान बनाउन एक–एक धारा पारित हुनथालेपछि पूर्व राजा शाहले आफु नजिकका व्यक्तिहरुसँग राजसंस्थाको भविष्यदेखि संविधानपछि देशमा आउने परिस्थितिवारे कुराकानी गरेको निर्मल निवास निकट स्रोतहरुले बताएका छन् । पूर्व राजा शाह निकट एक स्रोतले भन्यो, ‘उहाँ (पूर्व राजा) साह्रै दुःखी होइबक्सेको छ ।’ संविधानको विद्येयकमाथि मतदान जारीभएपछि पूर्वराजावादीहरुसँग पूर्व राजाले भलाकुसारी गरेका थिए ।
पूर्व राजा शाहले भारतसँग घुँडा नटेकेर राष्ट्रभक्त देखाउँदा आफु र राजसंस्था यस्तो अबस्था आएको विश्लेषण सुनाएका थिए । ‘भारतसँग घुँडा टेकेको भए मेरो संस्था बच्ने थियो । मैले घुँडा टेकिनँ । राष्ट्रवादी शक्तिलाई पाँखा लगाउने काम भयो’ पूर्व राजा शाहले भनाई उद्धृत गर्दे भेटघाटमा गएका एक व्यक्तिले रातोपाटीसँग भने, ‘अन्तरिम संविधानमा नभएपनि नयाँ संविधानमा राजसंस्थालाई स्पेस दिने आशा थियो । सांस्कृति रुपमै भएपनि स्वीकार गरेको भए राम्रो हुने थियो । समयको कुरा हो । परिवेशको कुरा हो । दलहरु तयार भएनन् । भारतमा यो चलन छ नि, पूर्व राजाहरुलाई उनीहरुलाई व्यवस्थित त गरेका छन नि । ’
पूर्व राजाले माओवादीलाई होलरीमा बचाउँनु राजसंस्थाका लागि मंहगो परेको पनि सुनाएका थिए । ‘होलरीमा सेना परिचालन गर्न दिइएन, यसै कारण राजसंस्था र गिरिजाको दुरी बढ्यो । होलरीमा सेना परिचालन नगर्ने राष्ट्रवादी शक्तिलाई माओवादीले चिनेनन् । उल्टै गिरिजासँग मिलेर राजसंस्थालाई नै सखाप पार्ने खेलमा लागे’ पूर्व राजाले आफु नजिककासँग भनेका थिए । पूर्व राजाका एक सहयोगीले राजाले केही नविगारेको बरु होलरीमा माओवादीलाई बचाएको बताए । उनले त्यहि राष्ट्रवादी निर्णय ‘दूर्भाग्यपूर्ण’ बनेको पनि रातोपाटीसँग बताए ।
पूर्व राजाले आफ्नो राष्ट्रभक्तिलाई दलहरुले नचिनेकोमा दुःख व्यक्त गरेका छन् । पूर्वराजावादीहरुले शुसील कोइराला, केपी ओली र प्रचण्डले देशलाई गृहयुद्धमा पु¥याएको निश्कर्ष निकालेका छन् । ‘देशमा असोज ३ गते संविधान आउँछ । त्यसछि देशमा आगो बल्छ । तराई जल्छ । मगरात, थारुवान, तमुवान, नेवा सवैले अधिकार माग्छन् । ’ पूर्व राजावादीहरुको बुझाई छ ।
उनीहरुले नेपालमा राष्ट्रसंघीय शान्ति सेना आउने समेत निश्कर्ष निकालेका छन् । ‘०६२–०६३ को आन्दोलनमा १९ जना मारिदा संसारले हल्ला गरेको थियो । अहिले ४० जना भन्दा बढी मारिइसके, किन अन्तर्राष्ट्रिय समुदाय चुप छ ?’ पूर्व राजाले आफु नजिककासँग भन्ने गरेको स्रोत बताउँछ ।
पूर्वराजवादीहरुको बुझाई अर्को के पनि छ भने अव फ्रि तिव्वत र फ्रि कश्मीर आन्दोलनमा लागि पश्चिमाहरुको चाहना अनुसार नेपाली भूमि प्रयोग हुनेछ । यहि मिसन पुरा गर्न नेपालमा राजसंस्था हटाइएको पनि उनीहरुको बुझाई छ । ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा अव नेपाली भूमि प्रयोग हुनेछ । तीन दलका नेता युरोपियन युनियनको फन्दामा परे । नेताहरुले पैसा मात्र हेरे । यो कुरा राजाले बुझेका थिए । बुझाउन सकेनन्’ पूर्व राजा निकट स्रोतले भन्यो, ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा राजा बाधक भएपछि उनीहरुले यो गोटी चालेका हुन् । अफगानिस्तानमा पनि यस्तै भएको उदारण छ ।’ खम्पा विद्रोह दवाएपछि अमेरिका राजसंस्थासँग रिसाएको राजवादीहरुको बुझाई छ ।
पूर्व राजावादीहरुले देश टुक्रिन सक्ने सम्मको आकलन गरेका छन् । ‘यो दोषबाट पूर्वराजा बच्नुभयो’ स्रोतले भन्यो ।
आन्दोलन भयानक हुने बुझाई
पूर्व राजावादीहरुले नयाँ संविधान जारी भएको साँझदेखि देशमा भयानक आन्दोलन हुने दावी गरेका छन् । आन्दोलनका नाममा नेपालमा राष्ट्र संघीय शान्ति सेना भित्रिने आकलन उनीहरुको छ । ‘तीज छ, दुई दिन शान्त होला । तर ३ गते साँझबाट ठुलो आन्दोलन हुन्छ । मधेशवादी दलहरुले विहारमा शिविर बनाईसके । उत्तरप्रदेशमा पनि बनाउँछन् । आफुहरु सुरक्षित भएर मधेशमा ठुलो आन्दोलन गर्छन । प्रहरी र कर्मचारी निशानामा पर्छन ।’ पूर्व राजावादीहरुको बुझाई छ, ‘लिम्बुवान पनि उठ्ठ, मगरात उठ्छ । सवैले भाग खोज्न थाल्नेछन् । सुशील त सरकारबाट निस्केलान तर देश गृहयुद्धको चेपमा पर्छ ।’
पूर्व राजाको अन्तिम प्रयास असफल
नयाँ संविधानमा राजसंस्थाको ‘स्पेस’ सुरक्षित गर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको अन्तिम प्रयास पनि असफल भयो । उनले उसका लागि केही दिन निकै मिहिनेत गरेका थिए ।
प्रमुख दलहरुवीच १६ बुँदे सहमति भएपछि संविधान आउने अबस्था देखिएको थियो । त्यहिबाट पूर्वराजा शाहले नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन शक्तिकेन्द्रहरुसँगको भेट शुरु गरेका थिए । यसै क्रममा उनी २७ साउनमा गोप्य भेटघाटका लागि बैंकक पुगेका थिए । स्रोतहरुले जनाए अनुसार त्यहाँ उनले छिमेकीका प्रतिनीधिहरुसँग छलफल गरेका छन् । पछि उनी दिल्ली पनि हानिएका थिए ।
नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन र नेपाललाई हिन्दु राष्ट्र बनाउने मिसन पूर्वराजाको थियो । यसका लागि उनले १२ बुँदेका दक्षिणी सूत्रधारहरुलाई अहिले भेटघाट गरेको स्रोत बताउँछ । तर, यस्तो भेटघाट फलदायी नभएपछि उनी स्वदेश फर्केका थिए ।
पूर्वराजा शाहले नेपालमा तीन शक्ति (आफु, माओवादी र संसदवादी) रहेको आफु निकटहरुलाई बताउँने गरेका छन् । नयाँ संविधानमा पनि राजसंस्थाको भूमिका नदेखिने गरि मस्यौदा तयार भएकै दिनदेखि पूर्वराजा शाहले तीन दल अन्तराष्ट्रिय योजना अनुसार राजसंस्थालाई ‘स्पेस’ नदिने मनस्थितिमा पुगेको बताउँन थालेका थिए ।
News From Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/