Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

लगातार बन्दले इलाममा छ करोडभन्दा बढी क्षति

इलाम, भदौ ७ – केही दिनयता निरन्तररुपमा भइरहेको बन्दले इलाममा दैनिक करोडौँको क्षति भएको छ । नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता कायम गर्नुपर्ने, पहिचानसहितको संविधान जारी गर्नुपर्नेलगायतका माग राख्दै विभिन्न दल तथा आदिवासी जनजाति महासङ्घलगायतले गरेको बन्दका कारण उद्योग, कलकारखाना, यातायात, पसल सञ्चालन नहुँदा छ करोड रुपैयाँभन्दा बढी क्षति भएको उद्योग वाणिज्य सङ्घ इलामले जनाएको छ । 
आफ्ना माग पूरा गराउने बहानामा गरिएका यस्ता बन्दका कारण विशेषगरी दैनिक कमाएर खाने तल्लो तहका मजदुर र व्यापारीलाई मार परेको सङ्घले उल्लेख गरेको छ ।
चिया, दूध, तरकारी ढुवानी गर्ने गाडी चल्न सकेका छैनन् । बन्दकर्ताले चिया, दूध, तरकारी ढुवानी गर्न दिने बताए पनि दुग्ध विकास संस्थान विराटनगरबाट गाडी नआउँदा दैनिक २५ हजार लिटरभन्दा बढी दूध खेर गइरहेको छ ।
दूध मात्रै दैनिक रु ५० लाख मूल्यभन्दा बढीको क्षति भइरहेको दुग्ध चिस्यान केन्द्रले जनाएका छन् । ग्रामीण भेगबाट गाडी नचल्दा हरियो पत्ती, तरकारी बोकाएर कारखाना र बजारसम्म ल्याउन नसक्दा उत्पादनस्थलमै खेर गइरहेको बताइएको छ । यहाँको तरकारीको बजार झापाको चारआली, विर्तामोड हो । तर उत्पादित तरकारी झापासम्म पु¥याउन नसक्दा तरकारीबाट समेत दैनिक लाखौँ रुपैयाँ क्षति भइरहेको किसानले बताएका छन् ।
किसानले उत्पादन गरेको हरियोपत्ती प्रशोधन नहुँदा साना ठूला गरी ६० वटा चिया कारखाना बन्द छन् । चिया क्षेत्रमा समेत दैनिक रु एक करोड बढीको क्षति भइरहेको सञ्चालकले बताएका छन् । फाकफोकको तीनजुरे चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक सोम शर्मा भन्नुहुन्छ “ बन्दले कारखानामा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।” बन्दले कारखानाका मजदुरलाई तलब खुवाउनसमेत समस्या पर्ने कारखानाले जनाएका छन् ।
बन्दले बजार, पसल, कलकारखाना खुलेका छैनन् । इलाम उद्योग वाणिज्य सङ्घका अनुसार इलाम नगरपालिकाभित्र मात्र दुई हजार र फिक्कल, मङ्गलबारे र दानाबारी शाखामा एक हजार ५०० गरी करिब तीन हजार ५०० पसल बन्द हुँदा रु चार करोडभन्दा बढीको क्षति भएको छ । रासस
समाचार श्रोत : रातो पाटी डट कम
Ą
https://www.flickr.com/photos/spklg/15211044551/