Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रधानमन्त्रीलाई फोन गर्दै मोदीले भने–वार्ताको माध्यमबाट समस्याको समाधन गर्नुपर्छ

काठमाडौं, भदौ ८–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कैलालीमा जारी हिंसात्मक प्रदर्शनपछि चिन्ता व्यक्त गरेका छन् । 

आज भएको उनी र प्रधानमन्त्री सुशिल कोइरालाबीचको टेलिफोन कुराकानीमा आधारित रहेर समाचार तयार पार्दै हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणले लेखेको छ –‘नेपालको सुरक्षाका लागि छिमेकीका रुपमा भारतले जे पनि गर्नसक्छ ।’
उनले नेपालको राजनीति हिंसात्मक बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेताहरुले सबै सकेसम्म खुला भएर वार्तामा बस्दै सबै क्षेत्रका नेपालीको समस्या समाधान गर्नुपर्ने बताएका छन् । कैलालीमा जारी हिंसात्मक प्रदर्शनका क्रममा ८ जनाले ज्यान गुमाएपछि मोदीले कोइरालासँग टेलिफोन सम्पर्क गरेका थिए । निधन हुनेहरुप्रति शोक व्यक्त गर्दै मोदीले भनेका छन्–‘नेपालको राजनीतिक नेतृत्वले वार्ताको माध्यमबाट सबै समस्याहरु समाधन गर्नुपर्छ । सकेसम्म सबै पार्टी र सर्वसाधारण समेतलाई समावेश गरेर खुला छलफल गर्नु आवश्यक छ ।’
भारतसँग नजिकको सिमाना जोड्ने कैलालीमा भएको प्रदर्शनपछि मोदी बहुआयामिक नेपाली समाजमा सबै पक्षलाई समेट्न जरुरी रहेको बताएका छन् । उनले शान्तिपूर्ण र एकेवद्ध रुपमा नेपालीहरु अघि बढ्नुपर्ने बताउँदै नेपाल सरकार, राजनीतिक पार्टी तथा जनता समक्ष हिंसालाई व्यवस्थापन गरेर समाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् । उनले भारतले शान्त, स्थिर, सुरक्षित र प्रजातान्त्रिक नेपाल चाहेको भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
News from: Ratopati.com
First Image from: kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/