Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

‘मकैबारीमा पुर्‍याएर मारिए प्रहरी’

चित्रबहादुर चौधरी (प्रत्यक्षदर्शी)
शिक्षक, टीकापुर–९ सदघरुवा
Dhangadi Clash
म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिए । घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले प्रहरी लखेटेको देखें । प्रहरी भाग्दै थिए, आन्दोलनकारी लखेट्दै थिए । मेरो घरभन्दा १५/२० मिनेट टाढा झडप भएको ठाउँ हो । आन्दोलनकारीले त्यहाँबाट प्रहरी लखेट्दै ल्याएका थिए । पर गोली चलेको आवाज सुनिन्थ्यो ।
अश्रुग्यासको धूवाँ पनि देखिन्थ्यो । केही प्रहरी मकैबारीमा लुकिरहेका थिए । आन्दोलनकारीले प्रहरी लखेटेको देखेपछि बच्चालाई लिएर घरभित्र पसें । अनि खाटमुनि लुकेर बस्यौं ।
प्रहरीले आफूलाई केही नगर्न आग्रह गरिरहेका थिए । केही समयपछि दुईजना प्रहरीको मकैबारीमा हत्या भएको रहेछ । प्रहरी आएर उनीहरूको लास लिएर गए । खेतमा प्रहरीको ड्ेरस फालिएको थियो । आन्दोलनकारी ‘गाउँ पसे प्रहरीको खुट्टा भाँच्छौ’ भन्दै थिए । प्रहरीले मृत्यु भएका साथी र खेतमा फालेका युनिफर्म लिएर फर्किए । आन्दोलनकारी आफ्नो बाटो लागे ।
प्रकाशित: भाद्र ८, २०७२
News From:  Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/