Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सद्‍भाव बिथोल्न सुनयोजित षड्यन्त्रः देउवा

भाद्र ८, २०७२- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कैलालीका जनता र नेताहरुलाई संयमित भएर सदभाव कायम गर्न अपील गरेका छन् । उनले वर्षौदेखि मिलेर बसेका पहाडी र थारु समूदायबिच सदभाव बिथोल्न सुनयोजित षड्यन्त्र भइरहेकोप्रति उनले सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् । उनले निर्दोष बालक सहित सुरक्षाकर्मीको हत्या घट्नाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरे ।
संवाद समितिका सभापति एवं एमाअोवादी नेता बाबुराम भट्टराईले गरेका ट्विटबारे बोल्दै उनले, 'संवाद समितिको सभापतिजस्तो मान्छेले बनाउने भन्दा बिगार्ने काम गर्न मिल्छ ?' भन्ने प्रश्न गरे । 
बुढानिलकण्ठस्थित आफ्नो निवासमा मंगलबार पत्रकार सम्मेल गरी उनले टिकापुरको घटनापछि आफूविरुद्ध प्रचार गरिएकोमा त्यसको खण्डन गर्दै भने-'देउवाले १ इन्च पनि छोड्न चाहदैन भन्ने प्रचारवाजी गलत हो ।' तर, उनले जिल्ला टुक्रयाउने मान्यताको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले आफूलाई थारु अधिकारका लागि लडेको र थारुलाई अधिकार दिलाएको दावी गरे ।

भूमि अधिकार, भूमि बैंकको स्थापना, कमैया र बँधुवा मजदुरको मुक्तिमा आफ्नो योगदान रहेको उनले बताए ।
उनले थारुलाई अधिकार दिने, राज्यको पहुँचमा ल्याउने, सेनामा भर्ति गर्ने विषयमा अझै आफू लडिरहेको दावी गरे । उनले वार्ता/संवादबाट समस्याको हल खोज्न आग्रह गरे । पत्रकारको जिज्ञासमा उनले आफ्ना पार्टीका सभासद अमरेश सिंहले टिकापुर आन्दोलनकारीलाई उक्साउने कुरा बोलेको पुष्टी भए कारवाही हुने बताए ।
News From: Ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/