Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

झल्कियो मित्रता


श्रावण ३२, २०७२-
नायिकाद्वय सगुन शाही ठकुरी र सुरविना कार्की मिल्ने साथी हुन् । सोसल मिडियाहरूले पनि उनीहरूको गहिरो मित्रता झल्काउँछन् । यी दुई नायिकाले एक-अर्कालाई 'क्लोज फ्रेन्ड' भएको बताउँदै ह्याप्पी फ्रेन्डसिप डे मनाएको पनि देखियो । उनीहरू यतिसम्म मिलेका छन् कि कुनै कामको सन्दर्भमा होस् वा घुम्न जाने प्रयोजनमा, एक-अर्काको सहकार्य खोज्छन् । स्वीमिङ गर्न जाँदादेखि सिनेमा हेर्न जाँदासम्म उनीहरू साथमै हुन्छन् ।


अक्सर विश्वभरकै ग्लामर इन्डस्ट्रीमा नायिकाहरू एकअर्काको सत्तोसराप गरिरहेका हुन्छन् । त्यसको ठीक विपरीत नायिकाहरूबीच गहिरो दोस्ती देखिनु पक्कै पनि सकारात्मक पक्ष हो । यद्यपि अगाडिका पुस्ताका नायिकाहरूमा पनि यस प्रकारको मेल देखिएको हो । नेपाली सिने उद्योगमा नायिकाहरू केकी अधिकारी, रिमा विश्वकर्मा, वेनिशा हमालको मित्रतालाई उदाहरणीय मानिन्छ । त्यसबाहेक करिश्मा मानन्धर, गौरी मल्ल, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल र सञ्चिता लुइँटेलहरूको दोस्ती पनि उत्तिकै जमेको थियो ।
From: SAPTAHIK
Ą
https://www.flickr.com/photos/spklg/15211044551/