Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

छात्रालाई एसिड हान्नेको अझैं पत्तो लागेन

छात्राबाट स्पष्ट उत्तर नआउदा अनुसन्धानमा समस्या काठमाडौं, फागुन ११ – आइतबार विहानै एसएलसीको तयारीमा रहेका दुई छात्राहरु सिमा बस्नेत र संगिता मगरलाई एसीड छ्यापी घाइते बनाइयो । तर प्रहरीले हाल सम्म पनि घटनाको दोषी त के घटनामा संलग्नहरुको कुनै पत्तो नै पाउन सकेको छैन । पिडितहरुले मुख छोपेर आएको मानिसहरुले आफूहरु माथी एसीड छ्यापेको भनेका छन् । प्रहरी घटना स्थलमा पुग्न नसकेपछि अस्पतालमै पुगेर बयान लिनु परेको थियो ।
महानगरिय प्रहरी परिसर स्रोतका अनुसार घटनाका दोषीहरु पत्ता लगाउन प्रहरी अनुसन्धानमा खटिएको छ । ‘हामीसँग स्पष्ट स्केच छैन ।’ महानगरिय प्रहरी परिसर प्रमुख उत्तम कार्कीले रातोपाटीसँग भने ‘तर हामी २ दिन भित्र केही पत्तो लगाउने छौं ।’ बयानका क्रममा छात्राबाट स्पष्ट उत्तर नआउदा प्रहरीलाई अनुसन्धानमा समस्या परिरहेको छ । कसलाई लक्षित गरेर आक्रमण भएको भन्नेबारेमा पनि अझै प्रहरी अन्यौलनमा रहेको छ । ‘एउटाले भन्छ मलाई होइन अर्कोलाई छ्यापेको अर्कोले त्यही भन्छ ।’ प्रहरी स्रोत भन्छ, ‘स्पष्ट कुरा नआउदा अलि समस्या भएको हो ।’
Ą
https://www.flickr.com/photos/spklg/15211044551/