Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सात सालको क्रान्ति सबै क्रान्तिको जननी हो : प्रम

काठमाडौं–विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएका अवसरमा आज नेपाली सैनिक मञ्चमा ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। सो अवसरमा राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सलामी ग्रहण गरे। कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री कोइरालाले आफ्नो सम्बोधनको सुरुमै २००७ सालको क्रन्तिका नायक विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे।

प्रजातन्त्रका लागि ज्यानको आहुति दिने सबै सहिदप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै प्रधानमन्त्रीले भने, '२००७ सालको जनक्रान्तिले जहानियाँ राणाशासनको अन्त्य मात्र गरेन, नेपालको लोकतन्त्र र नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराएकाले यस दिनको विशिष्ट महत्व छ।'

विभिन्न क्रान्तिबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिलाई लिपिबद्ध गरी संस्थागत गर्न संविधानसभाभित्र र बाहिरका राजनीतिक दलसँग संवाद भइरहेको अवगत गराउँदै प्रधानमन्त्री कोइरालाले यसमा सबै नेपाली र मित्र शक्ति राष्ट्रको इमान्दार सहयोग र सद्भावको आवश्यकता रहेकामा जोड दिए।
Source NagarikNews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/