पर्सा–वीरगन्जका एक चिकित्सक विश्वकै प्रख्यात राइजिङ स्टार अवार्ड– २०१४ हात पार्न सफल हुनुभएको छ।
चिकित्सकीय क्षेत्रमा अत्यन्त सम्मानित मानिएको सो अवार्ड नेपाल मै पहिलो पटक वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालका ग्यास्टो इन्ट्रोलोजिस्ट चिकित्सक राकेशकुमार झाले हात पार्न सफल भएका हुन्।
इन्डोस्कोपिक चिकित्सापद्धतिमा काम गर्ने युवा चिकित्सकले तयार पारेको शोधपत्र, चिकित्सकसेवा र सेवा प्रदान गरेको विधि प्रक्रिया तथा स्थानको समेत सुक्ष्म मूल्याङ्कनको आधारमा प्रत्येक वर्ष विश्व इन्डोस्कोपिक सङ्घ (इएसजी)ले विश्वभरिका युवा चिकित्सकमध्ये एक जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।
विश्व इन्डोस्कोपिक सङ्घ (इएसजी)को आयोजना र डिजेस्टिव सिमपोसियम कुबेतको सहयोगमा आगामी शनिबार कुबेतमा आयोजना हुने एक समारोहबीच डा झालाई सो अवार्ड प्रदान गरिने बताइएको छ। रासस