Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बिन्ध्यबासिनी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बिन्ध्यबासिनी पत्रकारिता पुरस्कारबाट पुरस्कृत
--------------------------------------------------
बिन्ध्यबासिनी फाउण्डेसनबाट प्रदान गरिएको यो बर्षको बिन्ध्यबासिनी पत्रकारिता सम्मान–२०७१ बाट पत्रकार श्याम स्मृत सम्मानित बनेका छन् । नगद ५ हजार सहितको उक्त सम्मान स्मृतलाई फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष शिव गाउंले र
फाउण्डेसनका प्रवन्ध–संचालक सुवाष रेग्मीले संयुक्त रुपमा प्रदान गरेका थिए ।

सोही सम्मानबाट शान्ति प्रिय, डब्बु क्षेत्री, राजन घिमिरे, सुव्रत आचार्य, राजाराम फुयाँल, नविन दाहाल, राज श्रेष्ठ ,सविना कार्की, रेमनदास श्रेष्ठ, नवराज लम्साल, गोविन्द गिरी, चन्द्रमणि गौतम,राजु बोहरा र सूर्यकुमार क्षेत्री पनि सम्मानित बनेका थिए ।

कार्यक्रममा यो बर्षको नगद ५० हजार सहितको बिन्ध्यबासिनी म्युजिक अवार्ड प्रसिद्ध संगीतकार शंभुजीत बाँस्कोटालाई प्रदान गरिएको थियो । सोही सम्मान समारोहमा यो बर्षको बिन्ध्यबासिनी म्युजिक अवार्डको ३१ विधामा नोमिनेसनमा परेका स्रष्टाहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/