Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आजदेखि महान चाड बडादशैं शुभारम्भ

काठमाडौं, आश्विन ९ - दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी मुलुकभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ । यसपाली घटस्थापनाको शुभसाईत विहीवार विहान १०.४५ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दशैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरुले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, डुम्री र पाँकुरीको पात) राखी जौ र मकै छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्वीहरुले भने पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो माटोको भेगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पाँगो माटोमा जौ र मकै छरेर जमरा राखी घटस्थापना गरिन्छ ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन विहान सबेरै एक/एक तीर्थमा गई स्नान गर्नुका साथै एक/ एक शक्ति पीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ । विजया दशमीको दिन गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन् । नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि मेला भन्ने गरिन्छ ।
पञ्चाङ्ग निर्णायक समितिले यसपाली महानवमी र विजयादशमी एकै दिन असोज १७ गते शुक्रवार नै परेकोले महानवमीको कार्य समाप्त गरेपछि मात्र विजयादशमीको कार्य प्रारम्भ गर्नु पर्ने भनेका छन् । समितिले विजयादशमी देवी विसर्जन विहान ९.५५ र टीका विहान १०१५ बजे हुने पनि जनाइएको छ ।
असोज ९ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूणिर्मासम्म सर्वोच्च अदालत सार्वजनिक विदामा बन्द रहने हुंदा यस अवधिमा बन्दीप्रत्यक्षीकरण रिट सुनुवाईको प्रयोजनको लागि धटस्थापना , विजयादशमी र शनिवारका दिनबाहेक अरु दिन विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत (इजलास) खुल्ला राख्ने सर्वोच्च अदालत प्रशासनले ब्यवस्था गरेको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/