Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

कलेज जाँदाजाँदै घाँटी थिचेर बलात्कार

इलाम-महिलामाथि हुने हिंसा रोक्न चौतर्फी आवाज उठिरहे पनि पुरुषका अनौठा र निन्दनीय हर्कत रोकिएका छैनन्। पछिल्लोपल्ट बुधवार सबेरै एकजना १७ बर्षीया किशोरी कलेज जाँदाजाँदै आफूभन्दा एक बर्ष जेठा किशोरबाट बाटैदेखि नियन्त्रित भई बलात्कृत भएकी छन्।
इलामकै उत्तरी गाउँ घर भई इलाम नगरपालिका–९ स्थित पिपलबोटेमा डेरा बस्ने किशोरीलाई स्थानीय १८ बर्षीय सन्दीप निरौलाले बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाम विद्या मन्दिरमा आठ कक्षा अध्ययनरत 'ट्वाँके' भनिने निरौला पहिल्यैदेखि बाटो हिँड्ने युवतीमाथि वक्रदृष्टि राख्दै पछ्याउने किशोर भएको स्थानीय बताउँछन्।
सदरमुकामस्थित आदर्श उच्च माविमा १२ कक्षा अध्ययनरत समुना लामा (नाम परिवर्तन) अरु दिनजस्तै बुधवार पनि पोशाक लगाई पुस्तक बोकेर कलेजतर्फ लम्किइन्। डेरा बसेको इलाम नगरपालिका–९ पिपलवोटेस्थित घरबाट साढे ५ बजे निस्किएकी उनी तीन सय मिटर नहिँड्दै पछिल्तिरबाट अपरिचित व्यक्तिको आक्रमणमा परिन्।
'राम्ररी उज्यालो भएकै थिएन, साथीलाई भेटेर कलेज जान आफ्नै सुरमा हिँड्दैथिए पीडित लामालाई उद्यृत गर्दै आफन्तले भने, 'बाहुनधारा भन्ने एकान्त ठाउँ पुग्दा एक्कासि पछाडीबाट झम्टिँदै मैंले ओढेको सलले घाँटी र मुख थुन्यो।' प्रतिकार गर्ने मौका नदिई उनै व्यक्तिले किशोरीलाई बाटोमुनिको अम्लिसोघारीमा जर्वजस्ती गरेका हुन्।
'निलो टिसर्ट लगाएको र अग्लो–अग्लो थियो' अनुहारतिर हेर्ने मौका नदिई आफूमाथि पछाडीबाट जर्वजस्ती गर्ने व्यक्तिबारे लामाले भनिन्, 'अम्लिसोघारीमा हातले घाँटी न्याकेर जर्वजस्ती गर्न थालेपछि बेहोस भएर ढलेंछु।' झण्डै एक घण्टापछि होस आउँदा इज्जत लुटिएको घटनाले विक्षिप्त लामा रुँदैरुँदै डेरा फर्केर फुपुको शरण परेकी थिइन्।
अपरिचित व्यक्तिले आक्रमण गरी जर्वजस्ती गरेको घटना सुनेपछि फुपुसहित डेरा रहेको घरका सदस्यले किशोरीलाई इलाम अस्पताल पुर्याकएका थिए। त्यहाँ स्वास्थ्य परीक्षणपछि उनको प्राथमिक उपचार भएको थियो। किशोरीको हुलियाकै आधारमा प्रहरीले पिपलबोटेमा निगरानी बढाउँदा बुधवार बिहानै प्रहरीले निरौलालाई पक्रेको हो।
'किशोरीको प्रतिकारले अनुहारमा चोट देखिएपछि र शंकास्पद गतिविधि भेटिएपछि निरौलालाई घरैबाट पक्रिएको हो' जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर पदम थपलियाले भने, 'उसले घटनामा आफ्नो संलग्नता स्विकार गरिसकेको छ।' पक्राउपछि जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर निरौलालाई प्रहरी हिरासतमा राखिएको उनले बताए।
बलात्कृत किशोरीलाई पनि इलाम अस्पतालमै स्वास्थ्य परीक्षण गराइ थप उपचारनिम्ति त्यहीं राखिएको छ। पीडित किशोरीका बुवाले छोरीमाथि बलात्कार गर्ने निरौलाविरुद्ध बुधवारै प्रहरीमा किटानी जाहेरी दिँदै कानुनबमोजिम कारवाहीको माग गरेका छन्। बलात्कारीलाई कारवाहीको माग गर्न किशोरीका अभिभावक गाउँबाट आएका थिए।
'पक्राउ परेका किशोरमाथि अनुसन्धान थालेका छौं, जर्वजस्ती करणी मुद्दाअन्तर्गत कारवाही हुनेछ' इन्सपेक्टर थपलियाले भने, 'पीडितलाई न्याय दिलाउन सघाउनेछौं।' प्रहरी कार्यालयका अनुसार, इलाममा चालु आर्थिक बर्षभित्र बलात्कारको यो दोस्रो घटना हो। अघिल्लो बर्ष जर्वजस्ती करणी र उद्योगसमेत गरेर १५ घटना भएका थिए।
बलात्कारका घटना बढिरहेको पुष्टि इलाम कारागारमा कैद भुक्तान गरिरहेका कैदीवन्दीको अभिलेखले प्रष्ट्याउँछ। कारागार प्रमुख दुर्गा दुलालका अनुसार, कारागारमा रहेका तीन सय ४१ कैदीवन्दीमध्ये बलात्कार (जर्वजस्ती करणी) मुद्दाका ५२ जना छन्, जुन संख्या दोस्रो ठूलो हो। कारागारमा सबैभन्दा धेरै कर्तव्य ज्यान मुद्दाका ८६ कैदीवन्दी छन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/