Just for FUN::::D
हामी वीर झापाली
मैले खाको ह्विस्की हुन्छ तैले खाको रक्सी
मेरो लबर ब्यूटीफुल तेरो लवर बोक्सी ।
मेरो बाउको रुद्रे घण्टी तेरो बाउको गाँड
मेरा नेता जन नायक तेरा नेता भाँड ।
मेरा पुरेत महा पण्डित तेरा पुरेत पण्डा
मेरो छोरा क्रान्तिकारी तेरा छोरा गुण्डा ।
तैले बोल्दा हल्ला हुन्छ मैले पाँउछ ताली
शुद्ध सफा मान्छे हुँ म तँ त परिस् जाली ।
सानो तिनो व्यापारी तँ बेच्ने चुरोट सूर्ती
म त गर्छु खाटी व्यापार हिरोईन र मूर्ती ।
नेता मेरा मन्त्री मेरा अरु माथी को को
गर्जी हिड्ने सिंह हुँ म तँ त गन्दे बोको ।
तँ होस् बलि को बोको यस पालीको
बचन भो तँलाई यो फन्टुस झापाली को