Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भागवानले पहिला गधालाई बनाउनु भयो अनी भन्नु भयो "तिमी गधा हौ तिमी बिहान देखी बेलुका सम्म बिना थकाइ काम गर्ने छौ । तिमी घाँस खाने छौ अनि तिम्रो साथमा बुद्दी हुने छैन अनि तिमी ५० बर्ष बाँच्ने छौ' । गधाले भन्यो "म ५० बर्ष जिउन चाहन्न यो मेरो लागे धेरै हुनेछ ।तपाइ मलाई २० बर्ष मात्र दिनुस्" । भागवानले भन्नु भयो " तथास्तु भागवानले फेरी कुकुरलाई बनाउनु भयो अनि भन्नु भयो "तिमी कुकुर हुनेछौ तिमी तिमी घरको सुरक्षा गर्ने तिमीलाई दिन्छ अनि तिमी ३० बर्ष बाँच्नेछौ" । कुकुर बोल्यो " म ३० बर्ष जिउन चाहन्न यो मेरो लागी ज्यादा हुनेछ तपाइ मलाई १५ बर्ष मात्र दिनुस्' । भागवानले भन्नु भयो " तथास्तु' । फेरी भागवानले बांदरलाई बनाउनु भयो अनि भन्नु भयो "तिमी बाँदर हुनेछौ अनि तिमी एउटा डाली देखी अर् उफृदै कुद्नेछौ अनि तिमी २० बर्ष बाँच्नेछौ" । बादर बोल्यो "म २० बर्ष जिउन चाहन्न यो मेरो लागी ज्यादा हुनेछ मलाई १० बर्षको आयु दिनुस्" । भागवाले भन्नु भयो "तथास्तु' अन्त्यमा भगवानले मानिसलाई बनाउनु भयो अनि भन्नु भयो " तिमी आफ्नो दिमाग्ले सबै जनवारको टिचर हुनेछौ अनी तिमी दुनियामा राज गर्ने छौ । तिमी २० बर्ष बाँच्नेछौ । तब मानिसले जबाफ दियो २० बर्ष त धेरै कम भयो तपाइ मलाई ३० बर्ष दिनुस जो गधा ले मनाही गरेको थियो १५ बर्ष कुकुरलाई चहिएको थिएन अनि १० बर्ष बाँदर्ले नाइ भनेको थियो । तब भागवानले भन्नु भयो "तथास्तु" अनी त्यही तीन जनवारको आयु (३० बर्ष,१५ बर्ष, १०, बर्ष) जो जनवारले रिजेक्ट गरेका थिए । त्यो मानिसलाई मिल्यो । तब देखी मानिस २० बर्ष मानबिय ढंगले जिउछ । ं)बिहे गर्छ अनि ३० बर्ष गधा जसरि बिताउछ काम गर्छ अनि आफ्नो टाउको मै सारा बोझ उठाउछ । अनि फेरी उस्को बच्चा जब ठुला हुन्छन तब १५ साल कुकुरको झै घरको रख्वाली गर्छ उसलाई जो दिन्छ उ खाने गर्छ । त्यस पछी उ जब रिटायर हुन्छ तब १० बर्ष बाँदर जसरि बिताउछ । कहिले वल्लो घर त पहिले पल्लो घर य आफ्नो एउटा छोराको घरबाट अर्को छोरा या छोरिको घरमा आउने जाने गरी बस्छ अनि दुइ तरिका अपनाउछ आफ्नो नातिलाई खुशी बनाउने र कथा सुनाउने । यही हो जिबनको एक सच्चाइ.................
Ą
https://www.flickr.com/photos/spklg/15211044551/