Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

ऋषि धमला पत्नी एलिजा अब हिरोइन, घोषणा भयो ‘अनुराग’


रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमले चलचित्र निर्माणको घोषणा गरेकी छिन् । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘अनुराग’ राखिएको छ । एलिजा लामो समयदेखि चलचित्रमा अभिनयका लागि दौडधुपमा थिइन् ।
एलिजा गौतमसँग चलचित्रमा मोडल दीपक घिमिरेले रोमान्स गर्ने पक्का भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एलिजाले पति ऋषिका कारण आफूले चलचित्र निर्माण र अभिनयमा हात हालेको बताइन् ।
उनले पत्रकार सम्मेलनमा भनिन्-‘मलाइ धेरै पहिलेदेखि नै चलचित्र निर्माण र अभिनयमा सोख थियो । अब, भने फरक बिषयमा चलचित्र निर्माण गर्दैछु । सांगीतिक प्रेम कथामा बन्न लागेको यो चलचित्रले प्रेम प्राप्त गर्नका लागि गरिएको संघर्ष, खुशी, प्रेममा विछोडको कथालाइ उठान गर्नेछ ।
एरिका फिल्मस्ले निर्माण गर्न लागेको यो चलचित्रलाइ सत्यराज चौलागाइले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन पोखरा, काठमाण्ठौ र इलाममा हुनेछ भने करिब १ करोड बजेट यसमा लाग्ने बताइएको छ । चलचित्रमा सरोज खनाल, रुपा राना, निर्मल शर्माको पनि मुख्य भूमिका रहनेछ ।
चलचित्रमा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाइ र अगत केसीको पटकथा तथा संवाद रहनेछ । चलचित्रमा एलिजा अनु र दीपक रागको भूमिकामा देखिनेछन् ।
Source: onlinekhabar.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/