Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मार्काको २०१५ को उत्कृष्ट फुटबलर मेसी

उत्कृष्ट १० मा ६ खेलाडी बार्सिलोनाका


पुस १२, २०७२- स्पेनी पत्रिका मार्काले बार्सिलोना स्टार लियोनल मेसीलाई वर्ष २०१५ को उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको छ । पाठकको रोजाईका आधारमा प्रकाशित उत्कृष्ट १० को सुचीमा बार्सिलोनाका ६ खेलाडी परेका छन् ।
बार्सिलोनाले जितेका ५ वटा उपाधिमा प्रमुख भूमिका निर्वाह गरेका कारण मेसी नम्बर १ भएको पत्रिकाले जनाएको छ । सुचीको दोस्रो, तेस्रो र चौथो नम्बरमा बार्सिलोनाकै नेयमर, लुइस स्वारेज र इनियस्टा परेका छन् ।
रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो आठौं नम्बरमा छन् भने जर्मन जायन्ट बार्यन म्युनिखका रोबर्ट लेवेन्डस्की पाँचौं, बार्सिलोनाकै सर्जियो बुस्केट छैटौं तथा बार्सिलोनाकै गोलकिपर ब्राभो सातौं नम्बरमा छन् । एट्लेटिको म्याड्रिकका ग्रेजम्यान र दसौंमा युभेन्टसका पोग्वा छन् ।
यो वर्ष बेलन डीअरमा मेसी, रोनाल्डो र नेयमर प्रतिस्पर्धामा छन् ।
Sports news from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/