Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पूर्व अर्थमन्त्री पुनलाई उपचारार्थ थाइल्याण्ड लगियो

मंसिर २१, २०७२- एमाओवादीका सचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिएको छ । 
विगत केही समयदेखि वंशाणुगत कमलपित्त र कलेजो सुन्निने समस्याका कारण पीडित पुनको यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो । 

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सचिव पुनको थप स्वास्थ्य उपचारका लागि आजै थाइल्याण्ड लगिएको जानकारी दिए । भारतको मेदान्त अस्पतालमा गरिएको उपचारपछि स्वास्थ्यमा केही सुधार भए पनि थप परीक्षण गर्नुपर्ने देखिएपछि उनलाई आज थाइल्याण्डको समितिभेज अस्पताल लगिएको प्रवक्ता शर्माले बताए । रासस 

Ą
https://www.flickr.com/photos/spklg/15211044551/