Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

संविधानबारेमा जनतालाई जानकारी दिइने

मंसिर १५, २०७२- नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा, भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन यही मङ्सिर २१ देखि पुस २२ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा सञ्चार सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव र सञ्चारमन्त्रालयअन्तर्गतका विभागीय प्रमुखको भेटमा सो जानकारी दिइएको हो ।
कार्यक्रम अन्तर्गत संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा केन्द्रीयस्तरका प्रतिनिधि समेतको उपस्थिति रहने बताइएको छ ।
यहि मङ्सिर २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एक महिने सो कार्यक्रम मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाविसमा गरिने मन्त्रालयद्धारा जानकारी दिइयो ।रासस
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/