Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एक्काइसौं शताब्दीको काठमाडौं ‘दाउरायुग’ मा प्रवेश (फोटोफिचर)

काठमाडौं–संसार दिन दोगुना रात चार गुना अत्याधुनिक युगमा परिवर्तन हुँदैछ । तर काठमाडौं भने एकाइसौं शताव्दीमा आएर फेरि दाउरा युगमा प्रवेश गरेको छ ।राजधानी काठमाडौंमा ग्याँस र मट्टितेलको चरम अभाव भएपछि सरकारले टिम्बर कर्पोरेशन मार्फत दाउरा बिक्री गर्न शुरु गरेको हो । भाद्र ५ गतेबाट भारतसरकारले अघोषित रुपमा नाकाबन्दी लगाएपछि राजधानीलगायत देशभर इन्धन अभाव छ । शहरका ग्यास डिपो र मट्टितेल बिक्रि केन्द्रमा लामो समयसम्म पालो कुरेका सर्वसाधारण चुलो बाल्न नसक्दा निराश थिए । सरकारले राजधानीको वालकुमारी र गौशालामा दाउरा बिक्रि गर्न थालेपछि राजधानीबासी खुशी हुँदै दाउरा किन्न लाइन लाग्न थालेका छन् । बजारमा सर्वसाधारणहरुलाई पर्याप्त ग्याँस र मट्टितेल बिक्रि गर्न नसकेपछि सरकारले निस्क्रिय रहेको टिम्बर कर्पोरेशन मार्फत प्रति सय किलोको रु १५ मा दाउरा बिक्रि गरिरहेको छ । 












Ą
https://www.flickr.com/photos/spklg/15211044551/