Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चीनले अनुदानमा दिएको पेट्रोल नेपाल भित्रियो

२७ हजार लिटर आज काठमाडौं आइपुग्ने


कृष्ण थापा , काठमाडौं कार्तिक १५, २०७२- चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिएर नेपाली ट्यांकरहरु गएराति साढे ९ बजे रसुवाको रसुवागढी नाका भित्रिएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता दिपक बराल सहितको टोली र ३ वटा पेट्रोल बोकेका ट्यांकर रसुवा भित्रिएको हो ।
बाक्लो हिउँ परेका कारण पेट्रोल आउन ढिलाई भएको निगमका प्रवक्ता दिपक बरालले बताए । चीनको केरुङ भन्दा ४ किलोमिटरमाथिबाट नेपाली ट्यांकरले पट्रोलियम पदार्थ भरेका थिए । आजआइतबार २७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर काठमाडौंस्थित थानकोट डिप्पोमा पुग्ने छन् ।

शुक्रबार १२ ट्यांकर रसुवा आएका थिए । त्यसमध्ये चिनियाँ अधिकारीले शनिबार दिउँसो ३ वटा ट्यांकरलाई इन्धन भर्ने अनुमति दिएका थिए । चीनले केरुङमा १ सय मेट्रिकटन पेट्रोल ल्याएको छ ।
मधेस आन्दोलनले पेट्रोलियम पदार्थ भित्र्याउन सहज नभएपछि नेपाल आयल निगमले चीनसँग इन्धन खरिद सम्झौता गरेर गरेर पेट्रोलियम पदार्थ ल्याउन थालेको हो । आज ९ वटा ट्यांकर इन्धन भर्न चीनको केरुङ जाने छन् । भरेर आएका पेट्रोलियम पदार्थका ट्यांकर सशस्त्र सीमा सुरक्षाबल र नेपाल प्रहरीले सुरक्षा दिएका छन् । चीनबाट यसरी पेट्रोलियम पदार्थ नेपालले ल्याइएको पहिलोपटक हो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/