काठमाडौं- एसीसी यु-१९ प्रिमियर लिगमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ। टस जितेर ब्याटिङ गरेको मलेसियाले ३८ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १४.४ ओभरमा लक्ष्य भेट्ट्याएको थियो।

नेपालका लागि आशिष धामीले अविजित ३८ रन बनाए। उनले ४० बलमा ६ चौकासहित सर्वाधिक रन बनाएको हो। त्यस्तै राजवीर सिंह ३३ रन बनाएर पेभेलियन फर्किएका थिए।यसअघि मलेसियाका लागि पवनदीप सिंहले सर्वाधिक १७ रन बनाए। मलेसियाका शंकर शतिसले १३ र भिमालनले १२ रन बनाए। नेपालका लागि अरिफ शेखले ४ विकेट लिए। दिपेश श्रेष्ठ र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए।
News from: Nagariknews
Images from: Gulmiresunga.com & Wikimedia