Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सानिमाको लाभांश पारित

काठमाडौं– सानिमा बैंकको बिहीबार सम्पन्न दसौँ वार्षिक साधारण सभाले सेयरधनीहरुलाई १५.७९ लाभांश (१५ प्रतिशत बोनस सेयर तथा ०.७९ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले उक्त प्रस्ताव पारित गरेको हो। 
बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र,नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।

आव २०७०/७१ मा सानिमाले ४२.७५ करोड खुद मुनाफा हासिल गरेको थियो अघिल्लो आवभन्दा करिब ४० प्रतिशत बढी हो। उक्त आबको अन्त्यमा सानिमाको कुल निक्षेप २४ अर्ब ८७ करोड, कुल ऋण प्रवाह २० अर्ब ३७ करोड र कुल सम्पती २९ अर्ब ३७ करोड रहेको छ।
आव २०६९/७० को तुलनामा, कुल निक्षेप ३९.८२ प्रतिशत कुल ऋण प्रवाह ३४.९७ प्रतिशत र कुल सम्पती ३३.६७ प्रतिशतले बढेको छ। हाल सानिमा बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३७ वटा शाखा सञ्चालन गर्दै आइरहेको छ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/