Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सर्लाहीमा बस पल्टियो, १३ जना घाइते

सर्लाही- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकमा यात्रुबाहक बस पल्टिँदा १३ जना यात्रु घाइते भएका छन्। कालिन्जोर-७ मा आज बिहान घाइते बस पल्टदाँ १३ जना यात्रु घाइते भएको हो। तीन जनाको अवस्था भने गम्भिर छ।

काठमाडौंबाट इटहरीका जाँदै गरेको बा३ख ४०२० नम्वरको बस बिहान साँढे ४ बजे अनियन्त्रित भइ सडकभन्दा उत्ततर्फ पल्टिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा बसका चालक भक्तपुर मध्यपुर थिमीका ३० वर्षीय जगतकृष्ण प्रजापति, मोरङ बिराटनगर-१३ की १३ वर्षीया आकृति दुलाल र झापा दमक-११ की २९ वर्षीया अर्पणा श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल रिफर गरिएको छ।
दुर्घटनामा सामान्य घाइते केहीको लालबन्दीस्थित मोडेल अस्पताल र अन्यलाई पनि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/