Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

ब्लड क्यान्सरपीडित बालकलाई सहयोगको याचना

काठमाडौं– बझाङ चैनपुर–४ पिखालेकका दुई वर्षीय बालक डेनिज थापा १३ महिनादेखि ब्लड क्यान्सरका कारण जीवन मरणको दोसाँध छन्। कान्ति बालअस्पतालमा उपचारत थापाको आगामी दिनको थप उपचारका लागि आर्थिक अभाव भएको उनकी आमाले बताइन्।
'अघिल्लो असारको पहिलो सातादेखि अहिलेसम्म छोराको उपचार गर्दागर्दै ११ लाख जति सकियो, चिकित्सकले अझै १५ लाखभन्दा बढी आवश्यक पर्ने भन्दैछन्,' बालक थापाकी आमा सुशीलाले भनिन्।
अहिले सो रकम जुटाई बालकको थप उपचार गर्न आफन्तलाई धौधौ परेको छ। स्वदेश तथा विदेशमा रहेका चिनेजानेका सबै नातागोता, साथीभाइसँग उनीहरू आर्थिक संकलनको अभियानमा छन्। बालकका आमाबाबु दुवै अहिले त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकायअन्तर्गत जनस्वास्थ्य विषयमा स्नातकोत्तर सकी शोधपत्र लेखनमा छन्।
'२०७० साल असार ५ गते छोरालाई एक्कासि ज्वरो आयो, विभिन्न स्वास्थ्य संस्थामा परीक्षण गरायौं,' बालकका बुबा दीपकले भने, 'पछि कान्ति अस्पतालमा परीक्षण गराउँदा चिकित्सकले पहिलो चरणको ब्लड क्यान्सरको आशंका गरे। रगत परीक्षण गराउन दिल्ली पठाइयो। रगतको प्रतिवेदनमा सही ठहरियो।'
अहिले बालकलाई केमोथेरापी माध्यमबाट उपचार भइराखेको छ। उनलाई डा. प्रकाशनिधि तिवारीले उपचार गरिरहेका छन्। पहिलो चरणको क्यान्सर भएकाले बालकलाई पूर्ण निको गराउन सकिने डाक्टरले बताएको दीपकले जनाए। चिकित्सकका अनुसार पहिलो चरणको रगतको क्यान्सर भई केमो दिइरहेको बालबालिकालाई अन्य कुनै रोगले समायो भने यसमा जटिलता आउने खतरा हुन्छ। त्यसैले पहिलो चरणका रगतको क्यान्सरलाई विभिन्न माध्यमबाट छिटोभन्दा छिटो उपचार गर्नु आवश्यक हुन्छ।
यसैबीच बालकको थप उपचारका लागि भन्दै कोरियामा रहेका सुदूरपश्चिमाञ्चल समाजका संयोजक धर्मराज जोशीले दुई लाख ८८ हजार संकलन गरेका छन्। सो रकम सिँचाइमन्त्री नारायणप्रकाश साउदले बालकका बुबा दीपक थापालाई शनिबार हस्तान्तरण गरे। मन्त्री साउदले बालकको आगामी उपचारका लागि सरकारका तर्फबाट पनि सहयोग पुर्‍याउने आश्वासन दिएका छन्।
पाँच वर्षमुनिका बालबालिकाको मुटु, क्यान्सर, मिर्गाैलाजस्ता रोगको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पतालबाट निःशुल्क उपचार तथा एक लाख रुपैयाँसम्मको थप आर्थिक सहयोग दिने प्रावधान छ। तर आफूहरुले कान्ति अस्पतालबाट निःशुल्क सेवा तथा औषधी नपाएको गुुनासो बालककी आमा सुशीलाको छ।
बालकलाई थप उपचारका लागि सहयोग गर्न चाहेमा ९८०४६१६६२६ मा सम्पर्क गर्न आग्रहसमेत उनीहरूले गरेका छन्। रासस
From Nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/