Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

संसारकै सबैभन्दा महंगो ड्रेसको मूल्य ३५ लाख पाउण्ड


लण्डन, असोज ३, यदि तपाइँ एक जोर ड्रेसका लागी ३५ लाख पाउण्ड खर्च गर्न सक्नुहुन्छ भने संसारकै सबैभन्दा महंग ड्रेसको मालिक बन्न सक्नुहुनेछ । ब्रिटिश डिजाइनर डेबी विन्घमले बनाएको संसारकै सबैभन्दा महंगो ड्रेस बनाएका छन् । यस ड्रेसमा दुइ क्यारेटका ५० वटा कालो हिरा लगाइएको छ । यो ड्रेसको तौल १३ किलोग्राम रहेको छ । टेलीग्राफ पत्रिकाको समाचार अनुसार यो ड्रेसनै संसारको अहिले सम्मको सबैभन्दा महंगो ड्रेस हो । यसको मूल्य ३५ लाख पाउण्ड राखिएको छ । यूक्रेनमा भएको एक फेसन शो मा हालै यस ड्रेसको प्रदर्शनी गरिएको थियो । विन्घमको यस ड्रेसलाइ लिएर दर्शकहरूले फरक फरक प्रतिक्रियाहरू दिएका छन् । विन्घमको संग्रहमा समाबेस हीरे जडित अन्य ड्रेसहरूपनि यस प्रदर्शनीमा रहेका थिए । -एजेन्सी

Ą
https://www.flickr.com/photos/spklg/15211044551/