अत्यन्तै ठूलो पीडा दिएर गए दुई वर्षयताका दशैँ र तिहारले। जमरा पहेँलपुर भएर उमि्रएन, दहीमा टीका राम्ररी भिजेन। मखमली, गोदाबरी, सयपत्री बोटमै ओइलाए, माला बनेन। तिहार त वर्षेनी आउँछन्, आउलान्। तर गलामा प्रेमपूर्वक मखमलीको माला लगाइदिने र दैलोमा ओखर फोडेर जिम भगाइदिने ममताकी खानी मेरी दिदीले ४० वर्षको अल्पायुमै संसार छोडेर गएपछि दुईवर्ष यताका चारवटा दशैँ तिहारमा मनभित्र बत्ती बलेन, अध्यारै भएर गयो। दिदीले छोडेर जानुभएको पनि आज दुई वर्ष बितेछ, तर महिना दिनमात्र पुगेजस्तो पनि लाग्दैन।
Showing posts with label Nepalese celebrates Tihar. Show all posts
Showing posts with label Nepalese celebrates Tihar. Show all posts
Subscribe to:
Posts (Atom)




